कोरोना संक्रमणको जोखिमका कारण नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा हुने मिति सरेको छ।
यसअघि चैत २८ र २९ गते हुने भनेर घोषणा भएको ५४ औं साधारणसभा र निर्वाचनका कार्यक्रमहरु २०७७ साल जेठ ७ र ८ गते काठमाडौंमा हुने भएको छ।
महासंघ पदाधिकारीहरुको आज काठमाडौंमा बसेको बैठकले साधारणसभा सार्ने निर्णय गरेको हो।
उक्त बैठकले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन गरेर सहयोग गर्ने निर्णय गरेको छ।