निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडा घटाएका छन्।
हवाई इन्धनको मूल्य घटेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको संस्था नेपाल वायुसेवा संघको बिहीबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो। हवाई इन्धनको मूल्य घटबढ हुँदा सोहीअनुसार भाडा घटबढ हुन्छ।
आयल निगमले मंगलबार हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाएको थियो।
वायुसेवा कम्पनीहरूले इन्धन शुल्क र विमानस्थल शुल्कसमेत जोडेर हवाई भाडा निर्धारण गर्छन्। यसमा विमानस्थल शुल्क स्थिर हुन्छ। इन्धन शुल्क भने आयल निमगले तोक्ने मूल्यअनुसार हेरफेर भइरहन्छ।
वायुसेवाहरूले घटाएको इन्धन शुल्कमा सबभन्दा बढी धनगढीको घटेको छ। धनगढीको शुल्क २ सय रुपैयाँ कम भएको छ।