नेपाल एयरलाइन्सले आज दुई कार्गो उडान गर्ने भएको छ।
एयरलाइन्सले काठमाडौंबाट चीनको ग्वाङजाउसम्म कार्गो उडान गर्ने भएको छ। एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार आज बेलुका दुई जहाज चीन जाने भएका हुन्।
एउटा जहाज बेलुका पौने सात बजेतिर उड्ने र अर्को जहाज पनि लगत्तै उड्ने उनले जानकारी दिइन्। एयरबस ए३३० जहाजले उक्त कार्गो उडान गर्ने छन्।
यी दुबै उडान निजी क्षेत्रले मेडिकल सामग्री ल्याउनका लागि बुकिङ गरेका छन्।
फ्ल्यास फ्रेट लजिस्टिक र सांग्रिला फ्रेटले यी उडान बुकिङ गरेका खड्काले जानकारी दिइन्। नेपालका अस्पताल,औषधि आपूर्तिकर्ता तथा व्यवसायीहरुले यी उडानबाट सामग्री नेपाल ल्याउने छन्।
प्रति उडान कम्तिमा पनि १२ देखि २५ टनसम्मको सामग्री आउनसक्छ।
आज चीन गएका जाज भोलि बिहानसम्म काठमाडौं आइपुग्ने छन्।