काठमाडौंको पाँचतारे होटल हायात असार १६ गतेसम्म बन्द हुने भएको छ।
होटलले आज एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हुने जानकारी दिएको छ।
सरकारले लकडाउन घोषणा गरेको र संक्रमणको जोखिम न्यून नभएको भन्दै व्यवस्थापनले होटल सञ्चालन गर्न सम्भव नहुने बताएको छ।
बन्द भएको अवधिमा होटलले श्रमिक तथा मजदुरलाई तलब आधामात्र दिने जानकारी दिएको छ। होटल बन्द भएको अवस्थामा श्रम ऐनअनुसार तलब दिइने होटलले बताएको छ।
सरकारले संस्थागत क्षेत्रमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई पुरै तलब दिन भनेको थियो।