नेपाललाई प्राप्त भएको अनुदानको पिसिआर रिजेन्ट ल्याउनका लागि श्री एयरलाइन्सको जहाज सिंगापुर उडेको छ। आज बिहान काठमाडौंबाट सिंगापुर उडेको हो।
सिंगापुरमा रहेको टमासेक फाउन्डेशनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको कोरोना परीक्षणा गर्ने पिसिआर रिजेन्ट ल्याउनका लागि जहाज गएको हो। श्रीको बम्बार्डियर सिआरजे-७०० सिंगापुर उडेको हो।
श्री एयरलाइन्सका डारेक्टर अनिल मानन्धरकाअनुसार उक्त जाज आज बेलुका काठमाडौं फर्किने छ।
फाउन्डेशनले नेपाललाई अनुदान दिने यी रिजेन्ट नेपाल ल्याउनका लागि श्रीले ३३ प्रतिशत भाडा आफै बेहोर्ने जानकारी गराएको छ। त्यस्तै बाँकी भाडा शेखर गोल्छा र पशुपति मुरारकाले बेहोर्ने भएका छन्।
अनुदानको किट नेपाल ल्याउनकै लागिमात्र तीन हप्ता लागेको छ। अप्रिल ३ मै फाउन्डेशनले नेपाल सरकारलाई पत्र पठाएको थियो। सरकारले ल्याउनका लागि चासो नदिएपछि व्यवसायी रञ्जित आचार्यले अनुमति तथा भाडाका लागि पहल गरेका थिए।
सँगै अनुदान पाएको भुटानले भने यसअघि नै रिजेन्ट लिइसकेको छ।