सौर्य एयरलाइन्सले काेराेना महामारीकै क्रममा एउटा जहाज थपेको छ। गएको छ वर्षदेखि सञ्चालनमा रहेको एयरलाइन्समा भारतको कुबेर ग्रुप भित्रिएपछि जहाज थपेर उडान सुरु गर्ने भएको छ।
असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच गन्तव्यमा उडान सुरु गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए।
सौर्यमा डेढ वर्ष अघि भारतको कुवेर समूह नयाँ साझेदारका रुपमा भित्रिएको थियो। कुवेर समूहका विकास मालुले भारत र दुवईमा बिभिन्न क्षेत्रमा लगानी गरेका छन्। यो समूहले दश वटा नयाँ जहाज खरिद गर्ने योजना बनाएको छ।
सौर्यसँग यसअघि बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका २ जहाज थिए। लकडाउनको अवधिमा एयरलाइन्सले सोही सिरिजको ५० सिट क्षमताको जहाज ल्याएको छ।
पोखरेलका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एक, विराटनगरमा तीन, भैरहवा दुई, नेपालगञ्ज दुई र धनगढीमा दुई उडान गर्ने छ।