इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जानेहरुका लागि ट्याक्सी बुकिङ खुला गरेको छ।
इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढी दशैंमा गाउँघर नारासहित ट्याक्सीमार्फत् घरजाने बुकिङ खुला गरिएकाे हो। सोही एपमार्फत नै यात्रुले आफुले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्छन्।
जसअन्तर्गत काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने निश्चित गरेर यात्रा अग्रिम बुकिङ्ग गरी दर्ता गर्न सकिने इजी ट्याक्सी नेपालले बताएको छ।
नेपालमा नै पहिलोपटक यस्तो सुविधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष संजित पौडेलले बताए।
इजी ट्याक्सी नेपालले दशैंमा घरजाने सबैलाई सुरक्षितरुपमा यात्रा गराउने उद्देश्य लिएको छ।
‘यो कोभिड–१९ को महामारीमा ट्याक्सीमार्फत सुरक्षित भएर दशैंमा मानिसहरु घर जानसकुन् भनेर यो नयाँ सेवा शुरु गरेका हौं’, उनले भने।
कसरी गर्ने बुकिङ
यात्रुले बुकिङ गर्न इजी ट्याक्सी नेपाल एपमार्फत् आफ्नो सम्पूर्ण यात्राको विवरण भरेर दर्ता गर्नुपर्नेछ।
सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा मेसेज आउँछ। मेसेज आएपछि कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ निश्चित गर्नेछ।
सोही एपमार्फत् यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिन्छ।
यात्रुले ट्याक्सी बुक भए/नभएको जानकारी दिन्छ।
इजी ट्याक्सी नेपाल एपमा आबद्ध ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा गरिसकेको छ।
सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको अध्यक्ष पौडेलले जानकारी दिए।
याे एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गरेर सजिलो यात्रा गर्नसक्ने उनको भनाइ छ।
इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढी ट्याक्सीहरु संचालनमा छन्। सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिनसक्छन्।