नेपाल राष्ट्र बैंकले इ-कमर्शको व्यापारको तथ्यांक राख्न सुरु गरेको छ। केन्द्रीय बैंकले चालु वर्षको पहिलो महिनामा इ-कमर्शमा भएको कारोबार रकम सार्वजनिक गरेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा १ लाख ६८ हजार ६२७ कारोबारबाट १ अर्ब २० करोड १० लाख रुपैयाँको कारोबारर भएको हो।
पछिल्लो समय इ-कमर्श कारोबारको गतिविधि बढ्दै गएको छ। लकडाउन भएपछि तीव्र बनेको यस्तो कारोबार पछिल्लो समय बढ्दै गएको छ।