ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट सय प्रतिशत क्यास ब्याक पाउने भएका छन्।
ग्यापुसँगको सहकार्यमा भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेल पे सेवाले आफ्ना ग्राहकहरुका लागि सय प्रतिशत क्यास ब्याक योजना ल्याएको हाे।
ग्यापुकै सहकार्यमा सेल पेले बम्पर उपहार पनि ल्याएको ग्यापुले बताएकाे छ। बम्पर उपहारमा एक जना भग्याशाली ग्राहकले ओस्मो एक्सन क्यामेरा र माभिक मिनिफ्लाई ड्रोन क्यामेरा पाउने छन्।
सेल पेबाट भुक्तानी गरिसकेपछि ग्राहकको नम्बर आफै उक्त अफरको लागि रजिष्टर हुन्छ। यो योजना असोज १८ देखि २४ गतेसम्म लागू हुने कम्पनीले बताएकाे छ।