स्टप ग्य्राब प्रालीले 'स्टपग्रयाब डट कम' संचालनमा ल्याएको छ। यो वेवसाइट ५ सयजना विक्रेताको विभिन्न सामग्री राखेर संचालनमा ल्याइएको हो।
जसमा बच्चादेखि वृद्धसम्मका लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरीज, कस्मेटिक्स लगायत सामग्रीहरु सुपथ मूल्यमा राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार झाले बताए।
कसरी किन्ने?
कम्पनीको वेवसाइटमा गएर ग्राहकले साइन अप गर्ने गरेर लगइन गर्नुपर्छ। त्यसपछि वेवसाइटका सामग्री छानेर किन्न सकिन्छ। जसमा विशेष छुट तथा अफरको सुविधाहरु पनि छ।
यस कम्पनीले १० प्रिपेड भुक्तानी गर्ने ग्राहकको लागि दसै उपहार स्वरुप सतप्रतिशत नगद फिर्ता स्किम पनि ल्याएको छ।
यसमा होम डेलिभरीको सुविधा पनि छ। साथै लिएका सामग्री फिर्ता दिन परेमा ७ दिने 'रिटर्न पोलिसी' समेत छ।