व्यवसायीले कन्टेनरहरु सहज रुपमा नेपाल ल्याउन नपाए उत्तरी नाकामै गएर धर्ना बस्ने चेतावनी दिएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ती जारी गर्दै १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल भित्रन नसकेको जनाएको छ।
नेतृत्व तहमा रहेकाहरुलाई भेटेर बारम्बार आफ्नो समस्या राख्दा पनि व्यवसायीहरुको समस्या हल नभएको महासंघको आरोप छ।
केरुङ, तातोपानी नाका खुला गरिएको भएपनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन नसकेको महासघंले जनाएको छ। ।