तिहारको चहल पहल सुरु भइसकेको छ। हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार लागेसँगै घर श्रृंगार गर्ने चटारो चलिरहेको छ।
तिहारमा माटोको पाला (दीयो)ले घर श्रृंगार्ने चलन मैनबत्ती हुँदै पछिल्लो समय विद्युतीय बत्तीमा आइसकेको छ।
घरको श्रृंगारमा आधुनिक बत्तीको प्रयोग बढेसँगै पाला र मैनबत्तीको प्रचलन घट्दै गइरहेको छ।
लोडसेडिङको समस्या हल भएपछि यस्ता झिलिमिली बत्ती अहिले बिजुली पुगेको प्राय सबै गाउँठाउँमा प्रयोग हुन थालेको छ।
गत वर्षकाे तुलनामा यो वर्ष झिलिमिली बत्तीकाे आयात र बिक्री दुबै घटेको महाबौद्धस्थित शान्ता इन्टरप्राइजेजका संचालक विवेक अधिकारीले जानकारी दिए।
‘यसपालि सामानको अर्डर कम थियो र अर्डर गरेको जति आएन, ग्राहकको संख्या पनि निकै कम छ,’ उनले सेतोपाटीसगँ भने।
बत्तीको मूल्य प्रकार अनुसार फरक पर्ने उनले जानकारी दिए। यो वर्ष बजारमा देखिएका झिलिमिली बत्तीको नाम र मूल्य यस्तो छ।
डिस्को लाइट – १०५०
लेजर लाइट – १२५० देखि १५५०
ट्रि लाइट – ७०० देखि ११००
फ्यान्सी क्रिस्टल बल्ब – ५५०
टेप लाइट – ५००
पाइप लाइट – ५५०
ह्वाइट नियोन लाइट – ५००
एलइडी १०० लाइट – २५०
एलइडी २०० लाईट – ५००
एलइडी ४०० रोल लाईट – १६५०
दियो लाइट – २००
माथिको मूल्य सूची काठमाडौंका केही खुद्रा बत्ती पसलहरूको मूल्यको आधारमा तयार पारिएको हो। यो मूल्य पसल अनुसार सामान्य घटबढ हुन सक्छ।