रेमिट्यान्स सेवाप्रदायक कम्पनी आइएमईले चाडपर्वलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ।
रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने शिवु झागर सफ्टवेयर पद्दतीमा आधारित ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषित भएका हुन्। विजेताले नगद एक लाख प्राप्त गरे।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेलले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागू सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तीन जना विजेता घोषित भइसकेका छन्।