रिडी हाईड्रोपावर कम्पनीले ८.५ मेगावाट सौर्य बिजुली उत्पादन गर्न लगानी जुटाएको छ। ६५ करोड लगात अनुमान गरिएको उक्त आयोजनामा बैंक अफ काठमाडौंको अगुवाइमा तीन वाणिज्य बैंकले लगानी गर्ने भएका हुन्।
यसका लागगि रिडी हाइड्रोपावर कम्पनीले आज ऋण सम्झौता गरेको छ। बैंक अफ काठमाडौंको अगुवाइमा सिटीजन बैंक इन्टरनेशनल तथा नेपाल बंगलादेश बैंकसँग सह वित्तीयकरण सम्झौता गरेको छ।
बैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि सम्झौता गरिएको जनाइएको छ।
हाइड्रोपावर कम्पनीका अनुसार बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५ करोड ४६ लाख रुपैयाँको लगानीमा आयोजना निर्माण गरिने छ। २६ विगाहा जग्गामा ३२ हजार सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट १ करोड ४५ लाख १० हजार ५ सय ८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ। ३३ केभी प्रसारण लाइनमार्पmत आयोजना निर्माण गरिने छ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादनकै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुनेछ ।