अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट मान्यता प्राप्त प्रेसिडेन्सियल बिजनेस स्कुलले २०११ देखि शैक्षिक सेवा दिइरहेको छ।
राजधानीको थापागाउँमा रहेको यस बिजनेस स्कुलले बिबिए र एमबिए अध्यापन गराउँदै आइरहेको छ।
यस कलेजले घोकन्ते पढाइभन्दा व्यवहारिक ज्ञानमा केन्द्रित भएर अध्यापन गराउने प्रेसिडेन्सियल बिजनेस स्कुलका बिजनेस डेभलपमेन्ट तथा कर्पोरेट रिलेसन हेड क्षितिज पुरीले जानकारी दिए।
‘हामी विद्यार्थीलाई भोलिको दिनमा काम गर्न जाँदा गर्नुपर्ने कामहरू सिकाउँछौं। विद्यार्थीलाई अमेरिकन सिस्टमले विभिन्न प्रजेक्ट वर्म, रिसर्च, असाइन्मेन्टहरू लगायतबाट पोख्त बनाउँछौं,’ उनले भने, ‘त्यस्तै हामीले व्यक्तित्व विकासको तालिम, विद्यार्थीको बिजनेस आइडियाहरूको मूल्याङ्कन गरी सल्लाह दिएर सहयोग गर्ने, स्पोर्ट, विभिन्न क्लबमा आबद्ध गराउने लगायतका काम गर्छौं।’
विद्यार्थीहरू विदेशमा राम्रो पढाइ हुन्छ भनेर लाखौं खर्च गरिरहेको अवस्थामा त्यही स्तरको शिक्षा नेपालमा दिन कलेज स्थापना गरिएको पुरीले दाबी गरे।
‘हामीलाई मान्यता दिएको वेस्टलिफ विश्वविद्यालय रिजनल एकेडेसन भएको विश्वविद्यालय होजुन संसारका ३ प्रतिशत विश्वविद्यालय सँग मात्र छ,’ उनले भने, ‘हाम्रा विद्यार्थीलाई भोलिको दिनमा राम्रो विश्वविद्यालयमा पढ्न र राम्रो ठाउँमा काम गर्न सजिलो हुन्छ।’
कोर्ष सकिँदासम्म विद्यार्थीलाई बिबिएको करिब ८ लाख ५० हजार र एमबिएको ७ लाख शुल्क लाग्ने पुरीले जानकारी दिए।
त्यस्तै, विद्यार्थीको जिपिए अनुसार छात्रवृत्ति पनि दिइने उनले जानकारी दिए।