संविधान घोषणा गरेको चौंथौ वर्षको उपलक्ष्यमा सरकारले धुमधामले संविधान दिवस मनाइरहेको छ। यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्याक्तिलाइ सरकारले मानपदवी तथा पदकले सम्मान गरेको छ।
सम्मान पाउनेमा केही उद्योगी व्यावसायी पनि परेका छन्।
सरकारले प्रथम श्रेणीको सुप्रसिद्ध प्रवल जनसेवा दिवंगत व्यवसायी आङ छिरिङ शेर्पालाई सम्मान गरेको छ। उ
यस्तै, चतुर्थ श्रेणीको कीर्तिमय राष्ट्रदीपबाट उद्योगपछि अशोककुमार अग्रवाल र उद्योगी व्यवसयी चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई सम्मान गरेको छ।
तृतिय श्रेणीको सुकृतिमय राष्ट्रदीपबाट सम्मानित हुनेमा उद्योगी राजेशकाजी श्रेष्ठ छन्। व्यवसायी पासाङदोर्जे शेर्पालाई पनि सरकारले सम्मान गरेको छ। उनी चौथो श्रेणीको प्रवल जनसेवा श्रीले सम्मानीत भएका हुन्।
एनआइसी एसिया बैंकका सिइओ रोशन न्यौपानेलाई पनि सोही सम्मान दिइएको छ। बैंकर्सको रुपमा रन्जन खड्कालाई पाचौं श्रेणीको जनसेवा श्रीले सम्मान गरेको छ।
त्यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य र महासचिव सरोज सिटौला पनि सम्मानित भएका छन्।
कर्मचार्य प्रवल जनसेवा (चौथो श्रेणी) र सिटौला प्रवल जनसेवा (चौथो श्रेणी) तथा समाज सेवा रत्न पदकबाट सम्मानित भएका हुन्।