दसैंका लागि आइतबार (असोज ५ गते)देखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ।
दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने यातायात व्यवस्था विभागले जनाएको छ।
यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन।
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरू हुन लागेको हो।
अग्रिम टिकट नयाँबसपार्क, कलंकी, कोटेश्वर, गौशाला र बालाजुलगायतका स्थानबाट खुला हुनेछ।
नागरिक सहायताको लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ।