न्युरोडका ४वटा मसाला उद्योग कारबाहीमा परेका छन्। प्याकेजिङ अनुमति नलिएपछि ती उद्योग कारबाहीमा परेका हुन्।
बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले न्युरोडका ७ वटा मसला उद्योगमा अनुगमन गरेको थियो।
अनुगमन गर्दा ४ वटा उद्योगले भने प्याकेजिङ अनुमति नलिई उद्योग सञ्चालन गरेको पाइएको विभागले जानकारी दिएको छ। ती उद्योग क्रमशः विजय राजा स्टोर्स, श्रेष्ठ ड्राइ फ्रुट्स, विशाल ट्रेडर्स र रवी कुमार गुप्ता हुन्।
बाँकी न्यू जगदम्बा इन्टरप्राइजेज, आयस इन्टरप्राइजेज र शुशिला ट्रेडर्स उद्योग भने सामान्य अवस्थामा रहेको पाइएको छ।