अर्घाखाँची सिमेन्ट कम्पनीले दिपावली र छठको अवसर पारेर तिहारको बहार, चाँदीको सिक्का उपहार योजना ल्याएको छ।
आइतबारदेखि सार्वजनिक भएको योजनाअन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गर्नेछ ।
यो योजना कात्तिक ९ गतेसम्म कायम रहने कम्पनीले बताएको छ।