साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ। १५.९५ अंकले घटेर आज बजार १२९७.४७ अंकमा रोकिएको छ। अघिल्लो हप्ता उत्साहजनक वृद्धि देखिएको शेयर सूचक यो हप्ता भने घटेको छ। हप्ता भरिमा सूचक १२.७५ अंकले घटेको छ।
शेयर सूचक ओरालो लागेपनि यो हप्ता कारोबार रकम बढेको छ। हप्ताभरिमा ८ अर्ब ५६ करोड ६८ लाखको कारोबार भयो।
आइतबार देखिएको २ अर्ब ९ करोडको कारोबार भएपनि अन्य दिनमा भने २ अर्ब बढीको कारोबार भएन।
साताको अन्तिम दिन १ सय ७२ कम्पनीको ३७ लाख ५४ हजार ५ सय २१ कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ३८ करोड ४२ लाखको कारोबार भयो।
दिनभरिको कारोबारमा अन्य र जीवन बिमाको उपसूचक बाहेक सबै सूचक घटेका छन्। सबैभन्दा बढी निर्जीवन विमाको शेयर ६६।६२ अंकले घट्यो। यस्तै, होटल ३२.५६, बैंकिङको २१.२३ तथा विकास बैंकको शेयर १५.५२ अंकले घट्यो। तर अन्य उपसूचक १.७२ तथा जीवन बीमाको शेयर ४०.८८ अंकले बढ्यो।
कारोबार अंकका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ८४ करोडको कारोबार भयो भने ग्लोबल आइएमई बैंकको १ अर्ब ५५ करोडको कारोबार भयो।