इ कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको बेलामा अत्यावश्यक बस्तु घरैमा डेलिभरी सेवा सुरु गरेको छ।
उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा आफूलाई आवसामग्री अर्डर गरेपछी सो सामान कम्पनीले घरमै लेराइदिन्छ।
कम्पनिले काठमाडौ उपत्यकाभित्र मात्रै यो सेवा दिएको कम्पनिका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ।
अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न्।
पैसाबाट समेत कोभिड १९ सर्न सक्ने भएकोले नगद भन्दा
अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरिएको थपाले बताए। क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिन्छ।
सेल पेबाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क निःशूल्क प्राप्त गर्नेछन्।
कोरोना राहत कोषमा एन एम बी बैंकको कार्ड मार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत र आइ एम इ पे मार्फत भुक्तानी गर्दा दुई सय पचास रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए।
अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुबिधा समेत रहेको छ।
सस्तोडिल डट कम द्वारा ट्राफिक प्रहरीलाई सहयोग
जोखिम समयमा जनताको सेवामा खटिएका ट्राफिक प्रहरीलाई सस्तोडिल डट कमले मास्क र सेनिटाइजर सहयोग गरेको छ। एन ९५ मास्क २०० थान, सर्जिकल मास्क ५०० थान र १०० थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो।