एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान रहेको पुर्निर्माण आयोजनामा अनियमितता भएको पाइएको छ।
एडिबीको मातहतको एन्टीकरप्सन एन्ड इन्टिग्रिटी अफिसले गरेको अनुसन्धानबाट नेपालको उक्त आयोजनामा थुप्रै अनियमितता भएको पाइएको हो।
उक्त संस्थाले गरेको अनुगमन तथा अनुसन्धानबाट उक्त आयोजना कार्यान्वयनको सन्दर्भमा ठेक्का लगाउनेदेखिन निर्माणसम्म अनियमितता भएको पाइएको हो।
ऋण तथा अनुदान गरी कूल २१ करोड अमेरिकी डलरको उक्त आयोजनामा रहेकका ठेक्कामध्ये १९ प्रतिशतको स्याम्पलमा अनुसन्धान गरेको उक्त संस्थाले कैफययत नै कैफियत पाएको उल्लेख गरेको छ।
सुरुमा ठेक्का लगाउने क्रममै गलत भएको संस्थाको ठहर छ। ठेकेदारको क्षमता मूल्यांकन गर्दा वार्षिक निर्माण कारोबारको हेक्का नराखी मूल्यांकन गरी छनौट गरिएको पाइएको छ। १० ठेक्कमा ५ ओटाको मूल्यांकन नै गलत भएको संस्थाले ठहर गरेको छ।
कूल अनुसन्धान गरिएका मध्ये २ आयोजनामा ३ र ६ प्रतिशतले लागत बढेको छ। यसको एउटै काकारण भेरिएसन हो। यसरी भेरिएसन गर्दा कुनै पनि तथ्यागत कारण नदिइएको र कागजपत्र पनि पेश नगरिएको पाइएको हो। आयोजना प्रमुखको स्वविवेककै भरमा भेरिएसन गरिएको पाइएको हो।
सडक तथा विद्यालयको निर्माणकै दिगोपनमा प्रश्न उब्जिएको छ। निर्माणपछिको अनुगमन तथा गुणस्तरमा ध्यान नदिंदा सुरक्षित निर्माण हुन नसकेको र यस्ता संरचनाले भूकम्पजस्ता प्रकोपलाई थेग्न सक्नेमा प्रश्न उब्जिएको छ।
संस्थाले अनियमितता मान्ने अर्को कारण हो आयोजनाको ढिलाइ। अनुगमन गरिएकामध्ये २ आयोजनाको ५ महिना ढिला भइसकेको पाइएको थियो। ठेकेदारको क्षमता नहेरी हचुवाको भरमा ठेक्का दिंदाको परिणाम ठेकेदारले जिम्मेवारीअनुसारको स्रोत परिचालन गर्ननसकेको ठहर संस्थाले गरेको छ।