सरकारले पर्यटनसँग सम्बन्धित उद्योगहरुको क्षतिको विवरण संकलन कार्य अघि बढाएको छ।
नेपाल पर्यटन बोर्ड मार्फत् पर्यटनसँग सम्बन्धित उद्योगहरुको लगानी, लकडाउनका कारण हुन गएको क्षतिको विवरण माग गरिएको हो।
एयरलाइन्स,होटल,पर्यटकीय यातायात,रेष्टुरेन्ट,र्याफ्टिङ,माउन्टेनियरिङ,ट्राभल र टुर अपरेटरहरुलाई व्यक्तीगतरुपमै क्षतिको विवरण दिन माग गरिएको छ।
नेपाल पर्यटन बोर्डको अनलाइनमा गएर सिधै त्यहाँ राखिएको फर्मबाट यस्तो विवरण दिन सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन्।