नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पोनियर मोटो कर्प प्रालिले “बाइ नाउ पे इन २०२१’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडी किनिसके पछि ६ महिना अवधिसम्म कुनै पनि इएमआई तथा व्याज तिर्नु नपर्ने कम्पनीले बताएको छ। उक्तअवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ।
गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इस्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा र १ वर्षसम्मको सडक कर छुट सुविधा रहेको छ।
यो अफर स्टकको उपलब्धतासम्म रहने कम्पनीले बताएको छ।