नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) बाट सञ्चालन गर्दै आएको सबै भुक्तानी प्राणालीहरुमा कारोबार शुल्क नलाग्ने व्यवस्था गरिएकोमा साउन १ देखि शुल्क लाग्ने भएको छ।
कोभिड—१९ का कारण बैंक खाताबाट गरिने विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्न ११ चैत २०७६ देखि ३१ असार २०७७ सम्म
एनसीएचएलद्वारा सञ्चालन गर्दै आएको सबै भुक्तानी प्राणालीमा कारोबार शुल्क नलाग्ने व्यवस्था गरिएको थियो।
एनसीएचएलबाट संचालित भुक्तानी प्रणाली एनसिएचएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्टआइपिएस प्राणालीको कारोबारमा लाग्ने कारोबार शुल्क घटाइएकोे कम्पनीको भनाइ छ।
एनसीएचएलले साउन १ गतेदेखि लागु गरेको भुक्तानी शुल्क एनसिएचएल–इसिसीमा ०—१५, एनसिएचएल–आइपिएसमा २—१० र कनेक्टआइपिएसमा २—१५ कायम हुने गरी परिवर्तन गरिएको छ।
त्यसैगरी कनेक्टआइपिएसमा सदस्य बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याइएको छ। जसअन्तर्गत ०.७५ प्रतिशत (न्युनतम रु २ र अधिक्तम रु १००) बनाइएको छ।
यसैगरी, एनसीएचएलको एक्स्प्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क यथावत राखिएको छ।
एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग (एनसिएचएल–इसिसी) अन्तरर्बैंक विद्युतीय भुक्तानी (एनसिएचएल–आइपिएस), कनेक्टआइपिएस इ–पेमेन्ट, कम्पनीकाअनुसार कनेक्टआरटिजिएस र नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआइ) लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर एनसीएचएलले डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउदै आएको छ।