संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उच्च सावधानीमा मात्र पर्यटन क्षेत्रको गतिविधि सञ्चालन हुने जानकारी गराएका छन्।
मौद्रिक नीतिमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले सरकारले खुला गरे पनि सरकारले बनाएको नियमनको अधिनमा रहेरमात्र गतिविधि सञ्चालन हुने प्रष्ट पारेका हुन्।
मन्त्री भट्टराईले नेपालको पर्यटन क्षेत्रमा परेको कोभिड १९ असरलाई न्यूनीकरण गरी अगाडि बढ्नका लागि मौद्रिक नीतिले सम्बोधन गरेको बताए।
उक्त कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारी,नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले पर्यटनमा उच्च प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले उक्त अवसरमा कोभिड १९ले पर्यटन क्षेत्र, लगानी, रोजगारीमा पारेको प्रभावका बारेमा प्रस्तुतिकरण गर्दै बोर्डले नेपाल सरकार र पर्यटन सरोकारवालाहरुसँगको सहकार्यमा वर्तमान समयमा पर्यटन उद्योगले भोग्नु परेको संकट र नोक्सानीलाई सम्बोधनका लागि गरिएको आग्रह मौद्रिक नीतिमा समेटिएको बताए।