राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षा तथा आइआइडिएका अध्यक्ष डा स्वर्णिम वाग्लेले कोभिड-१९ले सिर्जना गरेको समस्याले दक्षिण एसियाली क्षेत्रमा मजबुत सहकार्यको आवश्यता देखिएको बताएका छन्।
विश्व बैंकले वान साउथ एसिया सिरिज अन्तर्गत कोभिड-१९ को रिकभरीका सन्दर्भमा आयोजना गरेको वेबिनारमा बोल्दै वाग्लेले कोभिड पछिको तत्कालि समस्या समाधानका लागिमात्र नभएर दीर्घकालिन फाइदाका लागि पनि यो क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्।
विश्व बैंकका उपाध्यक्ष हार्ट शेफर, पूर्व भारतीय विदेशसचिव श्याम सरण सहभागी रहेको उक्त वेबिनारमा वाग्लेले तत्कालिन रुपमा कोभिड- १९ को उपचारका लागि यो क्षेत्रमा रहेको फर्मास्युटिकल क्षमताबाट समग्र क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ छ।
'कोभिड रोकथाम तथा उपचारका लागि यो क्षेत्रको सहकार्य धेरै लाभदायक हुनसक्छ। यो क्षेत्रको फर्मास्युटिकल्स प्रतिस्पर्धी क्षमतालाई यो साझा गर्न सकिन्छ। भारत संसारकै तेस्रो ठूलो औषधि उत्पादक देश हो। त्यहाँ नै ठूलो मात्रामा भ्याक्सिन उत्पादन गर्नसक्ने कम्पनी पनि छ। त्यसको लाभ यो क्षेत्रका जनताले पाउनसक्छन्। र यसका लागि लिडरको रुपमा भारतले क्षेत्रीय सद्भाव विस्तार गर्नसक्छ' उनले भने।
रोगको रोकथाम तथा उपचारमा सहकार्यबाट सहायता पुगेजस्तै कोरोनाबाट थलिएको अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि पनि साझेदारी सहयोगी हुने उनको विश्वास छ। कोभिडका कारण सुस्त भएको अन्तरदेशीय व्यापारलाई प्रबर्द्धन गर्नका लागि सरकारहरुले यसमा पहल गर्नुपर्ने उनको जोड छ। ठूलो बजार भएका नाताले भारतले यसमा ठूलो भुमिका खेल्नसक्ने उनको भनाइ छ।
'आर्थिक पुनरुत्थान अन्तरदेशीय व्यापारको बृद्धिबाट हुनसक्छ। यसका लागि गैरभन्सार अवरोध हटाएर साना देशका उत्पादनलाई स्वभाविक प्रवेशको अवसर दिनुपर्छ। नेपालबाट निर्यात हुने अदुवाजस्ता निर्यातको खराब उदाहरण छ। यो कोभिडको समयमा यस्ता कुरा हटाउने समय हो। त्यस्तै भारतकै सहयोगबाट नेपालले बांगलादेशसँगको व्यापारको लागत पनि घटाउनसक्छ। हामीले भुमिस्थ मार्गबाटै छिटै बांगलादेश नेपालबाट पठाउनसक्छौ तर अहिले कलकत्ता जानुपर्ने बाध्यता छ। यस्ता सहजीकरणबाट क्षेत्रीय व्यापार बढ्ने अवसर पाउछ' उनले भने।
त्यस्तै कोभिडले निम्त्याउने वित्तीय संकट, जलवायु परिवर्तन तथा प्राकृतिक विपत्तीबाट हुने क्षतिको न्यूनीकरणाका क्षेत्रीय सहकार्य हुँदा सहज तथा द्रुत हुने उनको भनाइ छ। सहकार्यको अभावमा कतिपय अवस्थामा समस्याका रुपमा रहेका कुरालाई अवसरमा बदल्न सकिने उनको भनाइ छ। नेपाल भारतको सीमा बग्ने नदीले डुबान र बाढीकव समस्या ल्याउने अहिलेको अवस्थामा सहकार्य बलियो हुँदा यसलाई मनिटाइजेसन गर्न सकिने उनको धारणा छ।
दीर्घकालिन लाभका लागि पनि क्षेत्रीयस्तरमा प्रविधिदेखि सीपसम्को साझेदार हुनसके धेरै सहज हुने उनको विश्वास छ।
कोभिडपछिको अवस्थामा नेपालजस्ता गरिब देशका लागि आर्थिक बृद्धिका स्रोतहरु परिवर्तन हुने उनले उक्त अवसरमा बताएका थिए। डिजिटाइजेसन, स्वच्छ उर्जा, विविधकरणसहितको पर्यटन, आधुनिक तथा सेयर्ड उत्पादन प्रणाली जस्ता आर्थिक बृद्धिका स्रो हुने उनको भनाइ छ। यसका लागि अपुग लगानी लागि एक्जिम बैंकहरु, विश्वबैंक तथा एडिबीजस्ता संस्थाहरुबाट व्यवस्थापन हुने उनको भनाइ छ।
छलफलको पुरा भिडिओ: