गोङ्गबु चोक नजिकै रहेको श्रेष्ठ राइस एण्ड चिउरा मिलको २ सय बोरा चामल बिक्रीमा रोक लगाइएको छ। चामलको उत्पादन मिति, उपभोग्य मिति, खुद्रा वा अधिकतम मूल्य नराखिएकोले प्रतिबोरा ३० केजी तौल भएको २ सय बोरो चामल बिक्रीमा रोक लगाइएको हो।
आइतबार काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले गोंगबु–बालाजुका केही खाद्यान्न पसलमा अनुगमन गरेको छ।
अनुगमन टोलीले आजै दिउँसो १ मिल सञ्चालकलाई कागजातसहित कृषि बिभागमा बोलाएको छ।
टोलिले अनुगमनका क्रममा अखाद्य वस्तु भेटेपछि गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करीब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुल्ला चाउमिन बरामद गरेर नष्ट गरेको छ।
यसै गरी सानो भ¥याङ्मा सञ्चालित माँ भवानी टे«डर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकोले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको छ।