राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका प्रा.डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन्।
कोइरालाले एक कार्यक्रमका बीच बुधबार सपथ ग्रहण गरेको बैंकका अर्का सञ्चालक धनिराम शर्माले जानकारी दिए।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको सम्धीलाई सञ्चालक समितिमा नियुक्ति गरिएको भन्दै विवाद भएपछि उनको सपथ रोकिएको थियो।
राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित सात जना सञ्चालक रहने व्यवस्था छ। यी सबै नेपाल सरकारले गर्ने नियुक्ति हुन्।
निर्मलहरि अधिकारीको राजश्व बोर्डमा नियुक्ति भएपछि बैंकको अध्यक्ष पद समेत रिक्त छ। कोइरालालाई सदस्य हुँदै अध्यक्ष बनाउने तयारी छ।
शर्माका अनुसार सपथ ग्रहणपछि बस्ने बैठकले अध्यक्ष नियुक्ति गर्छ।
सामान्यतया, सञ्चालक समितिबाट अध्यक्ष कसलाई बनाउने भन्नेबारे बहुमत हुनुपर्छ, तर हालसम्म बहुमत अल्पमत भनेर भोटिङ भएको छैन।
सञ्चालक समिति सदस्यबीच कुरै नमिलेको सन्दर्भमा यो हुनसक्ने भए पनि हालसम्म सरकारले तोकेर पठाएको व्यक्तिबारे सैद्धान्तिक रूपमा प्रश्न उठ्ने गरेको छैन।
यो पनि :
कोइराला, जसले २५ वर्षमा सात पटक सरकारी नियुक्ति पाए