पोखराको ‘लेक हाउस पोखरा’ले दसैं-तिहारको अवसर पारेर 'थ्रीबी' अफर घोषणा गरेको छ।
कपल अफर अन्तर्गत जोडीले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ४ हजारमा उपलब्ध भएको लेक हाउसका सञ्चालक सुजन जोशी बताउँछन्।
थ्रीबी अर्थात् बोट, बेड र ब्रेकफास्ट रहेको उक्त प्याकेज अन्तर्गत लेकसाइडदेखि लेक हाउस सम्मको दुईतर्फी डुंगाको यात्रा, कोठा र दुई जनाको लागि ब्रेकफास्ट समेटिने जोशीको भनाइ छ।
लेकसाइडको पारिपट्टि अनदु गाउँमा रहेको लेक हाउसबाट फेवातालसँगै पोखरा लेकसाइडको रमाइलो दृश्य र सूर्योदयको अद्भुत दृश्यपान गर्न पाइने जोशीले बताए।
माछाका परिकारको लागि पनि लेक हाउस प्रसिद्ध छ।
द लेक हाउस पोखराले ५ वर्षदेखि होटल तथा रेस्टुरेन्टको सेवासहित लेक हाउसको सञ्चालन गर्दै आइरहेको छ।