दैलेखको आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा बुधबार बस दुर्घटना हुँदा ११ यात्रुको ज्यान गएको छ। कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ बस दुर्घटना भएको थियो।
दुर्घटनामा परी ज्यान गुमाएका सबै ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरु
- सिंहा नेपाली – विनायक नगरपालिका, अछाम
- रुपा नेपाली – विनायक नगरपालिका, अछाम
- धिरेन्द्र विसी – भैरवस्थान, अछाम
- युवराज शाही – राजकोट नगरपालिका–६, कालिकोट
- सुनिल शाही – शान्नित्रिवेणी गाउँपालिका, कालिकोट
- धर्मराज शाही – रासकोट नगरपालिका–५, कालिकोट
- प्रकाश शाही – रासकोट नगरपालिका–५, कालिकोट
- कविता शाही – रासकोट नगरपालिका–५, कालिकोट
- मेनका फर्साल – रासकोट नगरपालिका–६, कालिकोट
- होइजाली सुनार – शान्नित्रिवेणी–६, कोलिकोट
- मंगल कसेरा – बाजुरा
दुर्घटनामा हामफालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटना लगतै दौडेर राकम प्रहरी चौकीमा पुगेका थिए । चालकले अघिल्लो टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताएका छन् ।
दुर्घटनामा घाइतेमध्ये दुई जनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्य सातज घाइतेको ७ राकममै उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी केदार रजौरेले जानकारी दिए।