‘सिमसिमे पानी’ जस्ता गीतबाट चर्चित रेखा शाहले राजधानीको एक स्कुलका विद्यार्थीहरुको शिक्षाका लागि सहयोगी हात बढाएकी छन्। जोन इंग्ल्सि स्कुलमा पढ्ने १० जना गरीब तथा जेहेन्दार विद्यार्थीका लागि उनले छात्रवृत्ती तथा शैक्षिक सामग्री प्रदान गरेकी हुन्।
छात्रछात्राको वार्षिक, मासिक तथा परीक्षा शुल्कमा खर्च गर्ने गरी नगद रु. १ लाख ३९ हजार स्कुललाई तथा अन्य पठन सामग्री भने सम्बन्धित विद्यार्थीहरुलाई प्रदान गरेकी हुन्।
गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने तथा कला, साहित्य र सामाजिक गविविधिमा समेत योगदान पु¥याउने उद्देश्यसहित गायिका शाहले ३ वर्षअघि आफ्नै नाममा रेखा शाह फाउन्डेसन खोलेको बताइन्।