पाल्पाको तानसेन नगरपालिकामा नेकपा एमालेले ५ सय मत अन्तरको अग्रता कायम गरेको छ।
वडा नं १ र २ को गणना सकिँदा कांग्रेसले ८५१ र एमालेले १३६७ मत प्राप्त गरेका हुन्।
तानसेनका मुख्य निर्वाचन अधिकृत भरतमण खनालका अनुसार वडा नं १ मा एमालेको प्यानल विजयी भएको छ।
त्यस्तै वडा नं २ मा भने कांग्रेसले प्यानलनै जीत हात पारेको छ।