आजका तस्बिर- असार १२
आजका तस्बिर- असार १२
चरनका लागि भेंडा लैजाँदै ।  जुम्लाको तिला गाउँपालिका–२ स्थित लर्मी गाउँका किसान बर्खेयाम सुरू भएसँगै चरनका लागि पाटनतर्फ भेंडा लैजाँदै। तस्बिरः विजय रावत/रासस
आजका तस्बिर- असार १२
विपद् व्यवस्थापन अभ्यास ।  लुम्बिनी प्रदेश सरकारको संयोजकत्वमा प्रदेशस्थित सम्पूर्ण सरोकारवाला निकायहरूको सहभागितामा लमही नगरपालिका-६ ढिकपुरस्थित राप्ती नदीमा मङ्गलबार विपद् व्यवस्थापन सम्बन्धी अभ्यासको डेमो प्रदर्शन गरिँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार १२
डाइभर्सनबाट खोला पार गर्दै ।  बाढीले पुल बगाएपछि अवरूद्ध हुन पुगेको मेची राजमार्ग सुचारू गर्न पाँचथरको हेवा खोलामा निर्माण गरिएको डाइभर्सनबाट खोला पार गर्दै सवारीका साधनहरू। तस्बिर: रवीन्द्र काफ्ले/रासस
आजका तस्बिर- असार १२
जोखिममा घरहरू ।  निरन्तर वर्षाका कारण मैवाखोलामा आएको बाढीले जोखिममा परेका ताप्लेजुङको दोभान बजारस्थित घरहरु । तस्बिरः सन्तोष पुर्कुटी / रासस
आजका तस्बिर- असार १२
नागरिकता लिन लामबद्ध सर्वसाधारण ।  जिल्ला प्रशासन कार्यालय सुनसरीमा मंगलबार वंशजको नागरिकता प्राप्तिका लागि आवेदन दिन लामबद्ध जन्मसिद्धका सन्तान। जन्मसिद्धका आधारमा नागरिकता लिएकाका सन्तानलाई मङ्गलबारदेखि वंशजका आधारमा नागरिकता दिन सुरू गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्