आजका तस्बिर: असार २०
आजका तस्बिर: असार २०
दोसल्ले झरना ।  बेनी–जोमसोम सडकखण्डअन्तर्गत तिल्याङबाट देखिएको दोसल्ले झरना। अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँ हुँदै बग्ने खोलाको पानी यसै झरनाबाट बगेर कालीगण्डकी नदीमा मिसिएको छ। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर: असार २०
जोखिमका साथ खोला तराउँदै गाडी ।  तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएसँगै जोखिमाका साथ गाडी खोला तराउँदै चालक। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर: असार २०
ड्रागन फल र बिरुवाबाट आम्दानी गरिँदै ।  रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ भाटाचौरस्थित पेशल पौडेल र विष्णुप्रसाद पौडेलले सयुक्त रुपमा सञ्चालित पौडेल बहुउद्देश्य कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल। तस्बिर– सुमित्रा अधिकारी/रासस
आजका तस्बिर: असार २०
रणवाङमा धानको हरियाली फाँट ।  धान रोपेपछि देखिएको म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङको फाँटको दृष्य। रणवाङमा खेती हुने गौरीया जातको धान प्रसिद्ध छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर: असार २०
जातीय विभेदविरूद्ध प्रदर्शन ।  दाङ र जुम्लामा भएको जातीय विभेदका घटनाविरूद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्