आजका तस्बिर- माघ ११
आजका तस्बिर- माघ ११
माधवनारायण मेला ।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरू भएको छ। भक्तपुरको हनुमानघाटमा स्नान गर्दै ब्रतालु। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- माघ ११
ढिक्कीमा धान कुट्दै ।  ढिक्कीमा धान कुट्दै तुर्माखाद गाउँपालिका-६ का स्थानीय। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- माघ ११
क्रुजसिप ।  चितवनको भरतपुर महानगरपालिका-१६ काप्रेघाटस्थित नारायणी नदीमा सञ्चालित क्रुजसिप। तस्बिरः कृष्ण आचार्य / रासस
आजका तस्बिर- माघ ११
पूर्णिमाको चन्द्रमा ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीबाट बिहीबार बेलुका देखिएको पूर्णिमाको पूर्ण चन्द्रमा। तस्बिर:कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ११
भेडाको बथान ।  म्याग्दीको धवलागिरि गाउँपालिका–५ काफलडाँडाको फाँटमा बसेका भेडाको बथान। घुम्ती गोठमा गरिने भेडापालनमा भेडाहरूलाई रातमा समेत खुला चौरमा समूहमा राख्ने गरिन्छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्