आजका तस्बिर- माघ १३
आजका तस्बिर- माघ १३
प्याराग्लाइडिङबाट देखिएको राइनसकोट ।  लमजुङ राइनसकोट नगरपालिका राइनसकोटबाट पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ हब बन्दै आएको छ जहाँ पर्यटकले आकाशबाट यस नगरपालिकाका सातबिसे, टिमुरे, बोरङ खोला र चेपे नदीको किनारका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- माघ १३
ढोडे गोकुल ‘मिल’ चरा ।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा देखिएको ढोडे गोकुल चरा। यो चरा कराउँदा मिलजस्तो आवाज निकाल्ने भएर मिल चरा पनि भन्ने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ १३
कमल दह ।  रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ मा अवस्थित पर्यटकीय स्थल कमल दह। तस्बिरः सर्जना कार्की/ रासस
आजका तस्बिर- माघ १३
टोड्केमा आन्तरिक पर्यटक ।  म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा मोबाइलमा तस्बिर कैद गर्दै आन्तरिक पर्यटक। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- माघ १३
सय वर्ष पुरानो घरमा होमस्टे ।  चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर। स्थानीयबासी टीका गुरूङले खरको छानोले छाएको पुरानोे घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्