आजका तस्बिर- फागुन ८
आजका तस्बिर- फागुन ८
ठेकीको व्यापार ।  मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी। दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ एक हजार पाँच सयदेखि तीन हजार सम्ममा बिक्री हुने गरेको छ। तस्बिर: मणिराम दाहाल/रासस
आजका तस्बिर- फागुन ८
व्यावसायिक च्याउ खेती ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा भाडाको जग्गामा गरिएको व्यावसायिक च्याउ खेतीको टनेल। रूकुम पश्चिम दुलिका राज कुमारी बाठा मगरले वार्षिक डेढ लाखमा एक बिघा जग्गा भाडामा लिएर गैरागाउँमा ८ वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएकी छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन ८
वादी समुदायलाई अस्थायी टहरा ।  कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका नलगाड नगरपालिका–७ काललाग्यस्थित वादी समुदायले अस्थायी टहरा निर्माण गरी त्रिपालको बसाइँबाट मुक्त हुँदै। दैनिक माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदाय अस्थायी टहरा पाउँदा खुसी छन्। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- फागुन ८
आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला ।  काठमाडौंको आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएको पान्डाको चित्र। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन ८
लघुवित्त पीडितको सिफलदेखि कलंकीसम्म मार्च ।  लघुवित्त पीडितहरूले काठमाडौंदेखि कलंकीसम्म हिँडेर प्रदर्शन गरेका छन्। पीडितहरूले फागुन १ गतेदेखि उनीहरूले मुग्लिनबाट पैदल यात्रा सुरू गरेका थिए। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्