आजका तस्बिर- जेठ १४
आजका तस्बिर- जेठ १४
हेम्जा ।  पोखरा महानगरपालिका–२५ स्थित हेम्जा बस्ती। विकास गतिविधि बढ्न थालेसँगै पछिल्लो समय हेम्जामा तीव्र रूपमा बस्ती विस्तार भइरहेको छ। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- जेठ १४
सूर्योदय ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित बिपी चोकबाट सोमबार बिहान देखिएको सूर्योदयको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- जेठ १४
भुजुङ गाउँ ।  लमजुङ क्व्होलासोथार गाउँपालिका- ४ स्थित एउटै वडा एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ। परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरूमाझ भुजुङ प्रख्यात छ। तस्बिर: जनक श्रेष्ठ/रासस
आजका तस्बिर- जेठ १४
सडक बीचमा ढकमक्क फूल ।  जलेश्वर-जनकपुर सडकखण्ड अन्तर्गत महोत्तरीको परिकौलीमा हुलाकी लोकमार्गको बीचमा लगाइएका रूखमा ढकमक्क फुलेका फूल। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्