आजका तस्बिर- जेठ १५
आजका तस्बिर- जेठ १५
फोटो सेसन ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकपछि फोटो सेसन गर्दै प्रधानमन्त्री र मन्त्रीहरू। आज जेठ १५ गते सरकारले बजेट पेस गर्दैछ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १५
कालीगण्डकी नदी र धम्पु बस्ती ।  मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु बस्ती र बस्ती किनार भएर बगिरहेको कालीगण्डकी नदी। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- जेठ १५
मनाइयो १७ औं गणतन्त्र दिवस ।  १७ औं गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ। मूल समारोह समितिको आयोजना भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १५
तस्बिर प्रदर्शनी अवलोकन गर्दै ।  गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालयद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि स् समृद्बिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी मङ्गलबार अवलोकन गर्दै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी। तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्