धान भित्र्याएपछि आलु खेती । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६ धोत्राबेसीस्थित आलु रोपेको खेत। धान भित्र्याएपछि किसानले कतै आलु, कतै तरकारी खेती गरेका छन्। तस्बिरः पेमा लामा/रासस
गुप्तेश्वर गुफामा पर्यटक । पोखरा–१७ छोरो पाटनमा अवस्थित ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक। तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस
बबई नदीमा माछा मार्न जाल हान्दै । दाङको घोराही उपमहानगरपालिका–६ स्थित बबई नदीमा माछा मार्न जाल हान्दै झिङौराका स्थानीयवासी। नदीको पानी घटेपछि यस क्षेत्रमा स्थानीयले मार्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
डुुन्डुल (उल्लु) । कृष्णपुर नगरपालिका–७ का स्थानीय बासिन्दाको खेत बारीमा रहेको आँपको रूखमा शिकारको प्रतीक्षामा शान्त रूपमा बसेको डुन्डुल ‘उल्लु’। अंग्रेजीमा ‘जंगल औलेट’ का नामले चिनिने डुन्डुल नेपालका तराई र चुरे जङ्गलमा पाइन्छ। साना कीरा र छेपारो मुख्य भोजन गर्ने जङ्गल औलेट दिनमा पनि सक्रिय रहने गर्दछ। रूखको हाँगामा चुपचाप बसेर शिकारमा झम्टा हान्ने यसको बानी निकै रोचक छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
काउली र तोरी खेती । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका किसानले व्यावसायिक रूपमा गरेको काउली र तोरी खेती। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस