जुनारको बोक्रा केलाउँदै । रामेछापको मन्थली डिलक्स एग्रो फरेष्ट्री प्रालिले रामेछाप नगरपालिका–७ सुकाजोरमा पेलेर जुस बनाउन जुनारकाे बाेक्रा फाल्दै स्थानीय महिला श्रमिक। यस प्रालिले हरेक वर्ष सिजनमा जुनार पेलेर रस बनाएर राख्ने र फागुन महिनादेखि तयार जुस बजारमा बिक्री गर्ने गरेको छ। तस्बिरः रमेश ढुंगेल/रासस
हिमश्रृङ्खला । कास्कीको मादी गाउँपालिका-५ को गुराँस डाँडाबाट मङ्गलबार बिहान देखिएको माछापुच्छ्रेलगायत हिमालको सुन्दर दृश्य। तस्बिर: कृष्ण दवाडी/रासस
कुहिरोले ढाकेको पाँचखाल । मंगलबार बिहान कुहिरोले ढाकेको काभ्रेपलान्चोकको पाँचखाल क्षेत्र र पृष्ठभूमिमा देखिएको हिमश्रृङ्खला। तस्बिर: हरिराम भेटुवाल/रासस
अपर म्याग्दी जलविद्युत आयोजनाको विद्युत गृह निर्माणस्थल । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङको घिम्लेटी खारपानीस्थित अपर म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थल। हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ४६ दशमलब २५ मेगावाट क्षमताको यस आयोजनाको ३५ प्रतिशत भौतिक प्रगति भएको छ। तस्बिर: सन्तोष गौतम/रासस
सुर्खेतको घण्टाघर । सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको मध्य भागमा रहेको घण्टाघर। घण्टाघरमा अहिले प्रत्येक घण्टामा आवाज दिने नयाँ घडी राखिएको छ। तस्बिर: हेमन्त केसी/रासस