आजका तस्बिर- मंसिर २५
आजका तस्बिर- मंसिर २५
मट्का बनाउँदै कुमाले ।  सुनसरीको इनरुवा नगरपालिका-२, बिहीबारेमा माटाको गिलास (मट्का) बनाउँदै कुमाले श्रीराम पण्डित। उनका अनुसार मट्का चियाको प्रचार बढेसँगै इटहरी, धरान तथा विराटनगरका क्याफे र होटलहरूमा मट्काको माग बढेको छ। उनका अनुसार मट्का प्रतिगोटाको ७-८ रुपैयाँका दरले बिक्री हुन्छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- मंसिर २५
मुस्ताङको क्षमाताल ।  मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनीगाउँको सिरानमा अवस्थित क्षमाताल तथा पृष्ठभूमिमा निलगिरि र तिलिचो हिमाल। समुद्री सतहदेखी करिब ३ हजार ४५० मिटर उचाइमा यो ताल अवस्थित रहेकाे छ। तस्बिर : सुशीलबाबु थकाली / रासस
आजका तस्बिर- मंसिर २५
मौलिक वेशभूषामा सजिएका हुम्ली महिला ।  लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समापनको क्रममा बुधबार हुम्लामा आयोजित कार्यक्रममा मौलिक वेशभूषामा सजिएर आएका स्थानीय महिलाहरू। तस्बिर: दाने बोहरा/ रासस
आजका तस्बिर- मंसिर २५
सूर्योदय ।  तनहुँको भानु नगरपालिका-१२, आहालेबाट बिहीबार बिहान देखिएको कुहिराेले ढाकेको भूभाग र सूर्योदयको दृश्य। तस्बिर : सागर गिरी/रासस
आजका तस्बिर- मंसिर २५
केवलकार र हिमाल ।  पर्यटकीय नगरी पहाडकी रानीु तनहुँको बन्दीपुर गाउँपालिका– ४, बरालथोकस्थित बन्दीपुर केवलकार स्टेसनबाट देखिएको तनहुँको डुम्रे भन्सार र गोरखाको पालुङटारसहित मर्स्याङ्दी नदी आसपासका क्षेत्रसहित पृष्ठभूमिमा मनास्लु र हिमालचुली हिमाल। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- मंसिर २५
एमाले महाधिवेशनको तयारी ।  नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारी ग्राउण्डमा हुने तय भएको छ। जहाँ संरचना निर्माण, मञ्च तयार पार्ने काम, साउन्ड प्रणाली तथा आवश्यक व्यवस्थाहरू द्रुत गतिको साथ भइरहेको एमालेले जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्