दाउराको भारी लिएर घर फर्किँदै महिला । जंगलबाट दाउराको भारी लिएर घर फर्किँदै गरेका धादिङको रुवीभ्यालीका महिला। उनीहरू भन्छन्- महिलालाई अझ दोहोरो बोझ छ, बालबच्चा, घरधन्दा, पशुपालन, बारी खन्ने सबै गर्नुपर्छ। तस्बिरः शंकर श्रेष्ठ/रासस
चालीस वर्षीया पुनम कली बनिन् मिस हात्ती सुन्दरी । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा शनिबार सौराहामा आयोजित १९ औं चितवन हात्ती महोत्सवमा २५० अंक ल्याउँदै ४० वर्षीय पुनम कली बनिन् मिस हात्ती ‘सुन्दरी २०८२ ’। तस्बिरः गोपाल दाहाल/रासस
गुम्बा डाँडा भ्युटावर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बा डाँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको गुम्बाडाँडा भ्युटावर। तस्बिरः दिलकुमार लिम्बू / रासस
सूर्योदय र कुहिरो । तनहुँको ऋषिङ गाउँपालिका-१ खुदीबाट शनिबार बिहान देखिएको सूर्योदय। सूर्योदय र कुहिरो हेर्नका लागि पर्यटकहरू यस ठाउँमा पुग्ने गरेका छन्। तस्बिर : कृष्ण न्यौपाने / रासस
पोखरीमा शेषनागको प्रतिमा । महोतरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा कारिक महाराजको मन्दिर क्षेत्रमा रहेकाे पोखरीमा बनाइएको शेषनागको प्रतिमा। तस्बिर: चन्द्रदेव साह/रासस