आजका तस्बिर- पुस १३
आजका तस्बिर- पुस १३
स्याउको सुकुटी ।  मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँका स्थानीय व्यवसायी धनप्रकाश हिराचनको उद्योगमा सुकाइएको स्याउको सुकुटी। स्याउको सुकुटी मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बिक्री गरिन्छ। तस्बिर- सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस १३
तस्बिर प्रदर्शनी ।  फोटो पत्रकार नविनबाबु गुरूङले ड्रोनबाट खिचेका तस्बिर प्रदर्शनीको नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा अवलोकन गर्दै सर्वसाधारण। तीन दिनसम्म चलेको प्रदर्शनीमा नेपालका प्रमुख पर्यटकीय स्थल, प्राकृतिक स्थल तथा मौलिक चाडपर्व झल्किने तस्बिर राखिएका छन्। तस्बिर- रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- पुस १३
शिव मन्दिर ।  तत्कालीन जाजरकोटी राजाले निर्माण गरेको जाजरकोटको भेरी नगरपालिका–१ कालेगाउँमा अवस्थित शिव मन्दिर। तस्बिर- हेमन्त केसी/रासस
आजका तस्बिर- पुस १३
दाङकाे चेपे ताल ।  दाङकाे घोराही उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने चेपे ताल। यो तालको पानीले सयौं बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ। तस्बिर- रञ्जिता अधिकारी / रासस
आजका तस्बिर- पुस १३
दाउराको जोहो ।  बैतडीको सिगास गाउँपालिका-९ का महिला नजिकैको वनबाट दाउराको भारी बोकेर घरतर्फ फर्कँदै। ग्रामीण क्षेत्रका बासिन्दा घरायसी इन्धनका रूपमा दाउराको समेत प्रयोग गर्दै आएका छन्। तस्बिर- डम्बर बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्