भेडाका बथान । मुस्ताङको थासाङ गाउँपालिका–५ ताक्लुङका भेडापालक किसान भिमप्रसाद गर्बुजाले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको फाँटमा चरनका लागि ल्याएका भेडाका बथान। चिसो बढेपछि हिमाली क्षेत्रका बुकी पाटनबाट भेडीगोठलाई वेशीतर्फ झारिएको हाे। तस्बिर: कमल खत्री/रासस
शान्ति दीप । बुद्ध जन्मस्थल लुम्बिनीस्थित शान्ति दीप, केन्द्रीय नहर र आसपासको क्षेत्र। तस्बिर: रवीन्द्रप्रताप गुप्ता/रासस
खप्तड बाबाको प्रतिमा । अछामको साफेबगर नगरपालिका-१२ स्थित नैनीमा रहेको आध्यात्मिक गुरू तथा विचारक 'खप्तड बाबा'को प्रतिमा। तस्बिर: सुशील भण्डारी/रासस
धौलागिरि हिमाल । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कालीगण्डकी बगरबाट सोमबार बिहान देखिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र। समुद्री सतहदेखि ८ हजार १६७ मिटर उचाइ रहेको यो हिमाल विश्वको सातौँ अग्लो हिमाल हो। तस्बिरः सुशीलबाबु थकाली/रासस