आजका तस्बिर- पुस १५
आजका तस्बिर- पुस १५
हस्तकलाका सामग्री ।  इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा आयोजित प्रथम 'स्वदेशी उत्पादन, एगाको पहिचान' हस्तकला तथा गार्मेन्ट मार्टमा बिक्रीका लागि राखिएका पटेरबाट बनेका हस्तकलाका सामग्री। तस्बिर: जमुनावर्षा शर्मा/रासस
आजका तस्बिर- पुस १५
कन्वाताल ।  बाँकेको बैजनाथ गाउँपालिका-३, सुतैयास्थित कृत्रिम कन्वाताल। यो ताल करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तस्बिर : रुपनी जि एम/रासस
आजका तस्बिर- पुस १५
जगदुल्ला ताल ।  डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित हिमालको काखमा रहेको जगदुल्ला ताल। तालमा तीर्थ व्रतका लागि सयौँ स्थानीयबासीहरू यहाँ आउने गर्दछन्। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- पुस १५
ढपक्क कुहिरो ।  तनहुँको ऋषिङ गाउँपालिका-१ खुदीबाट देखिएको कुहिरोले ढपक्क ढाकिएको आसपासको क्षेत्र। चिसो मौसममा यस ठाउँ दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यस्थल बनेको छ। तस्बिर: कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- पुस १५
काठमाडौंमा तमु ल्होसारको रौनक ।  गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन्। गुरूङ समुदायले मंगलबार काठमाडौंको बसन्तपुर दरबार क्षेत्रबाट नाँचगानसहित र्‍याली निकालिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्