स्ट्रबेरी खेती । दाङको घोराही उपमहानगरपालिका- १५ गुलरियामा मल्चिङ विधिबाट गरिएको स्ट्रबेरी खेती। मल्चिङ विधिबाट खेती गर्दा घाँस नउम्रने भएकाले उत्पादन राम्रो हुने किसान बताउँछन्। तस्बिरः रञ्जिता अधिकारी/ रासस
सूर्योदय । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन बिहीबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-६ स्थित घोरेपानी पुनहिलबाट सूर्योदय हेर्दै नयाँ वर्षको स्वागत गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरू। तस्बिरः दलप्रसाद विश्वकर्मा/ रासस
झोलुङ्गेपुल र निलगिरि हिमाल । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित कालीगण्डकी नदीमाथि अवस्थित नवनिर्मित झोलुङ्गेपुल र पृष्ठभूमिमा निलगिरि हिमाल। यहाँबाट देखिने दृश्य मुस्ताङ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि लोभलाग्दो छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै । काठमाडौंको वसन्तपुरमा बिहीबार राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउँदै सहभागीहरू। विगत १३ वर्षदेखि विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएकाे छ। तस्बिर : गोपाल दाहाल/ रासस
कर्रा साँवरी । सुनसरीको इनरूवा नगरपालिका-९ मा आहाराको खोजीमा कर्रा साँवरी (रेड–नेप्ड आइविज) चरा। प्राय सुख्खा खेतहरूमा भेटिने यो चरा सामान्यतः जोडी वा सानो समूहमा देख्न सकिन्छ। तस्बिर: नवीन गड्तौला/ रासस