आजका तस्बिर- माघ ११
आजका तस्बिर- माघ ११
सूर्यास्त ।  रूपन्देहीको बुटवल उपमहानगरपालिका-१३ स्थित जीतगढीबाट आइतबार देखिएको सूर्यास्त र पूर्व पश्चिम् राजमार्गको बुटवल चन्द्रौटा सडक खण्ड। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- माघ ११
ट्र्याक्टरमा उखु लोड गरिँदै ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५स्थित किसानको खेतबाट उखु उद्योगमा बिक्रीका लागि लैजान उखु ट्र्याक्टरमा लोड गरिँदै। अनिल यादव/ रासस
आजका तस्बिर- माघ ११
भुँडीफोर गरूड ।  सुनसरीको तरहरा क्षेत्रमा उडिरहेको लोपोन्मुख भुँडीफोर गरूड (लेसर एड्जुटेन्ट)। अग्ला रूखमा गुँड बनाउने यो चराले माछा, भ्यागुता, सर्प, मुसा र साना जलचरहरू खाने गर्दछ। यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको संवेदनशील सूचीमा सूचीकृत छ। तस्बिर: नवीन गड्तौला/ रासस
आजका तस्बिर- माघ ११
घाँसको भारी लिएर घरतर्फ आउँदै महिला ।  गाईवस्तुलाई खुवाउन जङ्गलबाट घाँसको भारी लिएर घरतर्फ आउँदै म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका किसान। तस्बिर: कमल खत्री/ रासस
प्रतिक्रिया दिनुहोस्