तिर्खाएको बाँदर । स्वयम्भूमा रहेको एक ढुंगे धारामा पानी पिउँदै बादर। तस्बिरः नारायण महर्जन/सेतोपाटी
सयपत्री फूलबाट निर्मित धर्मचक्र मण्डल । ऐतिहासिक स्वयम्भू महाचैत्य परिसरमा कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पुन्हीको अवसरमा सयपत्री फूलबाट निर्मित धर्मचक्र मण्डल सजाइएको छ। श्रद्धालुहरूले धर्मचक्रमार्फत विश्व शान्ति, सद्भाव र मानव कल्याणको कामना गरेका छन्।तस्बिरः नारायण महर्जन/सेतोपाटी
डुङ्गामा आकृति कोर्दै । स्वयम्भू परिसरमा रहेको पसलमा डुङ्गामा आकृति कोर्दै ४८ वर्षीय पुष्प महत। तस्बिरः नारायण महर्जन/सेतोपाटी